रोशन मिराज निर्देशित यस फिल्ममा रोशनी, जीवन भट्टराई लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने तीन हजार यौनकर्मीको अनुभवमा आधारित कथा छ।
काठमाडौँ — फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मकी प्रमुख पात्र रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको हो ।
फिल्म आगामी फागुन २९ गतेबाट प्रदर्शन हुँदैछ । फिल्मको लेखन तथा निर्देशन रोशन मिराजले गरेका छन ।
पोस्टरमा रोशनीले निभाएको चरित्रलाई शान्त मुद्रामा देखाइएको छ ।
फिल्ममा रोशनीसँगै अभिनेता जीवन भट्टराई मुख्य भूमिकामा छन् । उनीहरुसँगै फिल्ममा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल लगायत छन् ।
तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारित रहेर यो फिल्म तयार गरिएको निर्माण पक्षको दाबी छ ।
