'जिरो डिग्री'मा अभिनेत्री सनिशा भट्टराई अनुबन्धित

निर्माण पक्षले सनिशालाई मुख्य महिला पात्रमा छानेको फिल्ममा विजय बराल पनि मुख्य भूमिकामा छन्, जसमा समसामयिक राजनीति र गाउँको कथा प्रस्तुत हुनेछ।

फाल्गुन ९, २०८२

कान्तिपुर संवाददाता

Actress Sanisha Bhattarai signed on for 'Zero Degree'

काठमाडौँ — छायाङ्कनमा निस्कने तरखरमा रहेको फिल्म 'जिरो डिग्री'मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् ।

निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो ।

फिल्ममा अभिनेता विजय बराल यसअघिनै मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । केही दिनअघि मात्र अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वरमा रहेको 'अरे हो नेता जी' गीत सार्वजनिक गरिएको थियो ।

युवराज काफ्लेको शब्द र अङ्कित बाबु अधिकारीकै सङ्गीत रहेको उक्त गीतमा समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरिएको छ ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'जिरो डिग्री' डार्क कमेडी जनरामा आधारित फिल्म हो । सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न 'डीप फ्रिज' बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा कथा केन्द्रित रहनेछ ।

निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन् । 

कान्तिपुर

Link copied successfully