मिसाइल पड्किएको त्यस्तो विध्वंस दृश्य पनि फिल्ममा अटाएको छैन । युद्ध छ, तर पृष्ठभूमिमा मात्रै । आकाशबाट खसिरहने मिसाइलको आवाज हामी सुनिरहन्छौं फिल्मभरी ।
What you should know
बर्लिन — अब्दल्ला अल्खतिब निर्देशित फिल्म ‘क्रोनिकल्स फ्रम द सिज’मा एउटा सुन्दर दृश्य छ । जहाँ, युद्धले ध्वस्त बनाएको एउटा पसलमा केही युवाहरुको समूह पुगेको छ । फिल्मका डिभिडी बेच्ने त्यो पसलको सबै भित्ताभरी पोस्टरै पोस्टर छन् । गडफादरदेखि क्लासिक फिल्मका पोस्टहरु । त्यही पोस्टरको छेउमा देखिन्छ, डिभीहरुको ठूलो चाङ । धुलाम्मे, जालोले भरिएको । छेवैमा रहेको टेबुलमा उक्त समूहले भेट्छ, अर्फरत(नदीम रिवामी)को डायरी ।
एन्नी फ्र्याङ्कको डायरी सम्झना छ ? एन्नीको डायरी झैं यसमा विस्तृत युद्धको विषय त समेटिएको छैन । तर, अर्फरतले केही कवितात्मक शब्दमै द्वन्द्वले दिएको घाउ र पीडा पोखेका छन् । फिल्मको सुरु नै यही पात्रको भोगाइबाट हुन्छ । अर्फरत लेख्छन्, ‘सिजले केही वस्तुहरुको मूल्य बदलिदिएको छ । नसोचेको कुराहरुको मूल्य बढाइदिएको छ अनि सभ्यताको निरर्थकता देखाइदिएको छ । एउटा घरको मूल्य त्यसको छेउमा बस स्टप भएर मात्रै नहुँदो रहेछ । खासमा कुवाको छेउको भएको घर पो घर ! कारभन्दा साइकल महँगो हुँदो रहेछ, कारण सिजले जमिन पातलो भएर मात्रै होइन । साइकलको क्षितिज मिसाइलको तुलनामा नीलो हुँदो रहेछ । भीड कम हुँदो रहेछ ।’
अल्फरतको यो लेखनमै सिजले त्यहाँका मानिसको जीवनमा पारेको गहिरो प्रभाव देखाउँछ । अल्फरतले यहाँ बस स्टप नजिक हुनुभन्दा इनारको समिपमा घर हुनुपर्छ भन्ने कल्पना किन गर्दैछन् त ? कारण यहाँ पानीको अभाव छ । फिल्ममा एउटा अर्को यस्तो दृश्य छ, जहाँ पानीका लागि यो पात्रले निकै कष्ट गरिएको दृश्यलाई आत्मलापमा देखाइएको छ । ठ्याक्कै क्लासिक नाटक ‘क्र्याप्स लास्ट टेप’मा झैं अल्फरत पानीको लागि ब्याकुल बनेको दृश्यलाई आत्मलापका रुपमा निकै बेर क्यामेराले देखाइरहन्छ । ‘क्र्याप्स लास्ट टेप’मा पात्रले केरा चपाइरहे झैं यहाँ अल्फरतले विचित्र शैलीमा पानी खोजिरहन्छ । पानीको अन्तिम थोप्पाका लागि उनी तड्पिरहन्छन् ।
यहाँ आकासै ढाकिने गरी झरिरहने मिसाइलले सहरलाई फुस्रो मात्रै बनाइएको छैन । यहाँको जीवननै निरस, ब्याकुल अनि सुख्खा बनाइदिएको छ । जहाँ ट्वाइलेटमा खाली ग्यालीन मात्रै छन्, दारी काटेपछि धुनलाई पानी छैन । कारको बदला साइकल हुनु राम्रो भन्दै अलफरतले यहाँ एउटा यस्तो आकाश कल्पेका छन्, जहाँ मिसाइल नहोस् भन्ने उनको चाह छ । तर, यो फिल्मले खासै युद्ध देखाउँदैन । तर त्यही युद्धलाई देखाउन निर्देशकले निकै शसक्त ढंगले त्यही मिसाइलको आवाज, विध्वंस संचरना र त्यसले विक्षिप्त बनाएको जीवन देखाइएको छ ।
मिसाइल पड्किएको त्यस्तो विध्वंस दृश्य पनि फिल्ममा अटाएको छैन । युद्ध छ, तर पृष्ठभूमिमा मात्रै । आकाशबाट खसिरहने मिसाइलको आवाज हामी सुनिरहन्छौं फिल्मभरी । मिसाइल पड्किएको त्यस्तो विध्वंस दृश्य पनि फिल्ममा अटाएको छैन । युद्ध छ, तर पृष्ठभूमिमा मात्रै । आकाशबाट खसिरहने मिसाइलको आवाज हामी सुनिरहन्छौं फिल्मभरी । बेजोड त यो फिल्ममा प्रयोग अधिकांश ध्वनी युद्ध भूमिमा रेकर्ड गरिएको आवाज हुन्, जसले दर्शकलाई फिल्म हेरिरहँदा त्यही ध्वनीमार्फत वास्तविक संसारमा पुर्याइदिन्छ । ‘हामी यो फिल्मलाई निकै रियल बनाउन चाहन्थ्यौं । कारण यसले वास्तविक कथा नै भन्छ युद्धको । त्यसैले त्यही वास्तविक भोगाईलाई प्रस्तुत गर्न हामीले युद्ध भूमीमै रेकर्ड गरिएका ध्वनी प्रयोग गरेका छौं,’ फिल्ममा साउन्ड डिजाइन सम्हालेकी राना इदले विश्व प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव(बर्लिनाले)मा गरिएको एक अन्तरक्रियामा फिल्मको ध्वनीबारे सुनाइन् ।
बर्लिनालेको ‘प्रस्पेक्टिभ’ विधा अन्तर्गत छनोट भइ विश्व प्रिमियर भएको यो फिल्ममा अल्फरतको मात्रै भोगाई छैन । डिभीडी पसलमा पुगेका पात्रहरुको पीडा छ, कठिन जीवन अनि युद्धबीच बाँच्नका लागि गरिएको संघर्ष छ । विषम परिस्थितिबीच पनि बाँच्नका लागि गरिएको संघर्ष निकै रोचक ढंगमा देखाइएको छ । यहाँ यस्तो दुई प्रेमीको कथा देखाइएको छ, जो बाहिर वर्षा झैं बर्सिरहेको मिसाइलबीच पनि प्रेमको मिठास साट्न आतुर छ । कुन भेट अन्तिम हुने हो ? टुंगो छैन तर पनि प्रेमलाई उनीहरुले जीवित बनाइरहेका छन् । परिवार, समाज र युद्धको पर्वाह नगरी प्रेमिल संसार कल्पिरहेको छ । युद्धको ध्वनीबीच पनि प्रेमगीत गाइरहेको छ । गर्भवती पत्नीको ज्यान जोगाउन एक पतिले गरेको संघर्ष बेजेड तरिकाले देखाइएको छ । यो त युद्धबीच गरिएको अर्को युद्ध हो । बम बारुदबाट छलेर अस्पताल पुगेको यो जोडीले त्यो अस्तव्यस्त ठाउँमा कसरी नयाँ जीवनलाई जन्म दिन्छ ? फिल्मको यो दृश्य निकै शसक्त छ ।
युद्ध कति भयानक हुन्छ, कति विध्वंस यसले सिर्जना गर्छ ? अस्पतालमा देखिने हस्याङफस्याङको दृश्यले व्यांग्यात्मक शैलीमा बोल्छ । जहाँ, जीवन र मरणको निर्णय लिन डाक्टरसँग सेकेन्डभरको समय छ । बिरामीका लागि न शय्या छ, न उपचार ? न रगत खोज्ने समय छ न लामो सास लिने ठाउँ । यहाँ छ त केवल, एउटा झिनो आश, अलिकति बाँच्ने साहस ! यो फिल्मले हामीलाई एकैक्षण सहरको व्यस्त भागदौडबीच एकैक्षण बिसाउन लगाउँछ । अनि यी पात्रहरुको जीवन देखाउँदै आफ्नै जीवनलाई ‘सेलिब्रेट’ गर्न लगाउँछ । फिल्म हेरिसकेपछि हामीलाई लाग्छ,’ धन्न हामी त्यहाँ छैनौं’ । अनि प्रश्न लगाउँछ - के हामीले जीवनलाई बाँचिरहेका छौं ? ती कठिनाईमा भएकाहरुका लागि हामी जीवन कतिको सार्थक छ ?
कतिबेला मिसाइल आएर पड्किन्छ ? पत्तो नहुने ठाउँमा पनि मानिस बाँच्न खोजिरहेको छ, प्रेम गरिरहेको छ, एउटा चुरोटको ‘पफ’का लागि तँछाडमछाड गरिरहेको यही कथामार्फत डेब्यू गरेका निर्देशक अब्दल्लाले ‘क्रोनिकल फ्रम द सिज’मार्फत मानव अधिकारको वकालत गरेको छ । शान्त, सुरक्षित र सुन्दर विश्व कल्पेको छ ।
