सजन काफ्ले र आकाश बरालको निर्देशनमा बन्ने फिल्ममा हरिवंश आचार्य र अभिषेक खड्का मुख्य भूमिकामा देखिनेछन् भने कथा अभिमन्यु निरवीले लेखेका छन्।
काठमाडौँ — नयाँ फिल्म ‘श्रीनिवास’ बन्ने भएको छ । ‘हरिबहादुरको जुत्ता’का निर्माण पक्षले यो फिल्म बनाउने घोषणा गरेको हो ।
एसएम मोसन पिक्चर्सले निर्माण गर्ने यो फिल्ममा कलाकार हरिवंश आचार्य र अभिषेक खड्काको प्रमुख भूमिका रहने बताइएको छ । अभिषेकको डेब्यू अभिनय रहेको फिल्म ‘कुमारी’ भने यही माघ २३ देखि हलमा प्रदर्शनमा आउँदैछ ।
सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्ने यो फिल्मलाई सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बन्नेछ । यी दुईले यसअघि ‘बेहुली फ्रम मेघौली’ बनाएका थिए ।
फिल्मको कथा अभिमन्यु निरवीले लेखेका हुन् ।
