‘मुग्लिन’मा सागर, हरिश र सुनिशा

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

'Muglin' ​​song released

काठमाडौँ — गायक मदन ढकालले 'मुग्लिन : मेरी माया कुन बेला आइपुग्लिन' बोलको नयाँ गीत बजारमा सार्वजनिक गरेका छन् । गीतमा गायक ढकालसँगै गायिका दिपिका बयम्बु मगरको स्वर समावेश छ । 

मदनकै शब्द रहेको गीतलाई आशिष अबिरलले एरेन्ज गरेका हुन् । गीतलाई घनश्याम खत्रीले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा कलाकारहरु सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ ।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । गीतको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका हुन् । 

कान्तिपुर

Link copied successfully