बलिराम चौहानद्वारा निर्देशित फिल्ममा अपर्ण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, आयुशमान जोशीलगायत कलाकारको अभिनय समेटिएको छ।
काठमाडौँ — शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मको ‘दुई अक्षरको माया’ बोलको गीत बजारमा ल्याएको हो ।
प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको गीतको भिडियोमा अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरुबीचको प्रेम सम्बन्धलाई गीतमा प्रस्तुत गरिएको छ ।
बलिराम चौहानले निर्देशन गरेको यो फिल्ममा बेनिशा र अर्पणसँगै सृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानीको मुख्य अभिनय छ ।
बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय फिल्ममा देख्न सकिने छ ।
