राजाराम सिम्खडाको नृत्य निर्देशन रहेको भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय गरेका छन् ।
काठमाडौँ — जिके पोख्रेलको शब्द र सङ्गीतमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक भएको छ ।
‘इन्दिरा’ बोलको गीतमा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
राजाराम सिम्खडाको नृत्य निर्देशन रहेको भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय गरेका छन् । राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् ।
‘लगभग डेढ दशक कला क्षेत्रमा काम गरेपछि प्राध्यापन र पत्रकारितामा सक्रिय थिएँ । प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो । तिनैमध्येको एक ‘जली’ जनराको गीत हो इन्दिरा, यसलाई कमेडी सम्झिदिनुभयो भने गीतमाथि नै अन्याय हुन जानेछ,’ पोख्रेलले भने, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।’ गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशक नरेन्द्रराज भट्टराई हुन् ।
