शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम सम्पन्न

गायिका स्मिता प्रधानसँग मिलेर उनले ८ गीतमा प्रस्तुति दिए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Shanti Ram Rai's solo concert concludes

काठमाडौँ — ४ दशकदेखि संगीत सिर्जना गर्दै आएका संगीतकार गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । 

करिब २ हजारभन्दा बढी गीत सिर्जना गरिसकेका शान्तिरामले ‘तिमी तारे भिर म त लहरा’बोलको गीत सुनाउँदै कार्यक्रमको सुरुवात गरेका थिए । गायिका स्मिता प्रधानसँग मिलेर उनले ८ गीतमा प्रस्तुति दिए । 

कार्यक्रम अवधिभर विभिन्न कालखण्डका २१ वटा कालजयी संगीतमाथि पनि विभिन्न प्रस्तुति भयो । गायक शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रुपकुमार राई, बेनुका राई, अशोक मुकारुङ, हुँदै जुनु प्रसाइँ र मनमा बी राईले शान्तिरामका सदाबहार गीत गाए । 

समाजशास्त्र र संगीतशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका राईको एकल प्रस्तुतिमा २६ वाद्यवादकले लाइभ प्रस्तुति दिएका थिए ।

कान्तिपुर

Link copied successfully