चन्द्र पन्त निर्देशित नयाँ फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाहलगायत कलाकारको अभिनय छ र आरआर फिल्म्सले वितरण गर्दैछ।
काठमाडौँ — माघ १६ बाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट निर्माण पक्षले युनिभर्सल प्रमाणपत्र पाएको हो ।
अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। चन्द्र पन्त निर्देशित यही फिल्मका लागि कलाकार विपना थापा र भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । प्रदीप आमिर खानको 'गजिनी' फिल्ममा गरिएको नकरात्मक भूमिकाका लागि चर्चित छन् ।
यो फिल्ममा यी दुईसँगै अन्य कलाकारमा पल शाह,उषा उप्रेती, सिमरन पन्तको अभिनय छ ।
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ ।
