‘रमिताको पिरती’को ट्रेलरमा प्रेम, धोका

प्रेम र धोका मिसिएको कथामा आना शर्मा मुख्य भूमिकामा देखिएकी छन् भने समीर श्रेष्ठ, गौमाया गुरुङ र धिरज मगर पनि ट्रेलरमा आकर्षक देखिन्छन्।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Love, betrayal in the trailer of 'Ramita Ko Pirati'

काठमाडौँ — युवा उमेर, प्रेम, धोका र ग्लानी । एकदिनअघि मात्रै सार्वजनिक भएको फिल्म ‘रमिताको पिरती’को ट्रेलरमा यस्तै विषय समावेश गरिएको छ । 

सुदिप्ताको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरलाई अहिले युवा दर्शकले मनपराएका छन् । ट्रेलरमा युवाहरुको प्रेम र धोकाका भाव मिसाइएको हुँदा पनि अधिकांशको ध्यानलाई यो फिल्मले तानेको छ । फिल्मको ट्रेलरमा अभिनेत्री आना शर्मा, समीर श्रेष्ठ, गौमाया गुरुङ, धिरज मगरदेखि विनय श्रेष्ठ देखिन्छन् । 

आगामी माघ २३ बाट प्रदर्शनमा आउने यो फिल्ममा अभिनेत्री आनाकै मुख्य भूमिका छ । युवा प्रेमकथामा आधारित यो फिल्ममा अन्य कलाकारहरुमा पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायतको अभिनय छ । यही फिल्मबाट गायक समीरले पनि अभिनयमा डेब्यू गर्दैछन् । यो फिल्म निर्देशक सुदिप्ताकै पनि डेब्यू फिल्म हो । 

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशंखेले खिचेको फिल्मलाई सुनिल शिवभक्तिले सम्पादन गरेका हुन् । कपिल पराजुलीको रंग संयोजन रहेको फिल्ममा कृतिका बरालको कोरियोग्राफी छ । 

कान्तिपुर

Link copied successfully