बक्स अफिसमा बाजी मार्यो गोबर गणेशले

माघ १० सम्मको रिपोर्ट अनुसार गोबर गणेशले १ करोडभन्दा बढी, भाईरल गोर्खे र मिरमिरेले कम कमाइ गरेका छन्।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Gobar Ganesh wins at the box office

काठमाडौँ — गत शुक्रबारदेखि प्रदर्शनमा आएका तीन फिल्ममा 'गोबर गणेश'ले बक्स अफिसमा बाजी मारेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा सौगात मल्लको 'भाईरल गोर्खे' र दयाहाङ राईको 'मिरमिरे'को व्यापारलाई मरिचमान श्रेष्ठ उर्फ बल्छि धुर्वेको फिल्मले पछाडि पारेको हो । 

माघ १० गतेसम्मको बक्स अफिस रिपोर्ट हेर्दा मरिचमान र वर्षा सिवाकोटी अभिनित 'गोबर गणेश'ले १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कमाएको छ । त्यस्तै सौगात र सृष्टि अभिनित 'भाईरल गोर्खे'ले ३४ लाख, ५३ हजार र ७ सय ६० रुपैयाँ कमाएको छ । दयाहाङको 'मिरमिरे'ले भने ३३ लाख, ७२ हजार, ७ सय १५ रुपैयाँ कमाएको हो ।

हलमा प्रदर्शनरत 'झरीपछिको इन्द्रेणी'ले भने करोडमाथिको व्यापार गरेको छ ।

यो रिपोर्ट माघ १० गते शनिवार राती ११:५९ सम्मको हो । एकसाथ प्रदर्शनमा आएका 'गोबर गणेश', 'भाईरल गोर्खे' र 'मिरमिरे' माघ १ मा प्रदर्शनमा आएको थियो । 

कान्तिपुर

Link copied successfully