‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना

फिल्मलाई पनि 'पूर्णबहादुरको सारङ्गी'बाट चर्चा कमाएका निर्देशक सरोज पौडेलले निर्देशन गर्नेछन् ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Vijay and Anjana in 'Sindure Jatra'

काठमाडौँ — फिल्म ‘सिन्दुरे जात्रा’ बन्ने भएको छ । निर्देशक सरोज पौडेलले फिल्मका लागि दुई मुख्य कलाकार तय गरिसकेका छन् ।

यसअघि 'पूर्णबहादुरको सारङ्गी'मा देखिएका विजय बराल र अञ्जना बराइली यो फिल्ममा अनुबन्धित भएका हुन् । 

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो फिल्मलाई पनि 'पूर्णबहादुरको सारङ्गी'बाट चर्चा कमाएका निर्देशक पौडेलले नै निर्देशन गर्नेछन् । फिल्मलाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । 

आरआर फिल्मसले वितरण गर्ने यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully