अभिनेता अर्पण थापाले निर्देशन गर्ने यो फिल्मको छायांकन सोमबारदेखि चितवनमा थालिनेछ । फिल्ममा निर्देशक थापा र थिन्ले ल्हामोको मुख्य अभिनय रहनेछ ।
काठमाडौँ — ‘फ्रेन्च किस’ शीर्षकमा नयाँ फिल्म बन्ने भएको छ ।
अभिनेता अर्पण थापाले निर्देशन गर्ने यो फिल्मको हालै शुभमुहूर्त गरिएको हो ।
सोमबारदेखि फिल्मको निर्माण टोलीले चितवनबाट फिल्मको छायांकन थाल्नेछ । चितवनका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने बताइएको छ ।
यो फिल्ममा निर्देशक थापा र थिन्ले ल्हामोको मुख्य अभिनय रहनेछ । अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि फिल्मको मुख्य भूमिकामा देखिँदैछन् ।
सुदीप बरालले खिच्ने फिल्ममा गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत रहनेछ । यो फिल्मलाई सन् २०२६ भित्रैमै प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी छ ।
