सेभेन सिज सिनेमाले निर्माण गरेको यो फिल्मलाई फिल्म ‘आँखा’ निर्देशक जोनले निर्देशन गरेका हुन् ।
काठमाडौँ — फिल्म ‘रोल नं. १’ २०८३ को जेठ १५ कममा प्रदर्शनमा आउने भएको छ । सरस्वतीको पूजाको अवसर पारेर निर्माण पक्षले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मका मुख्य बालकलाकार अध्ययन गर्ने विद्यालय 'पाथिक ज्ञान निकेतन'बाट फिल्मको प्रदर्शन तय गरिएको हो । फिल्मलाई सेभेन सिज सिनेमाले निर्माण गरेको हो ।
म्याग्दीका विभिन्न स्थानमा यो फिल्म खिचिएको हो । 'आँखा' निर्देशक जोन योञ्जनको निर्देशनमा निर्माधिन यो फिल्म बाल मनोविज्ञानमा आधारित छ । महेश दवाडीको लेखनमा तयार यो फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीको मुख्य भूमिका छ । बाल कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको अभिनय छ ।
शिवराम श्रेष्ठले खिचेको यो फिल्ममा प्रशान्त शिवाकोटीको संगीत र सम्पादन मदन घिमिरेको छ ।
