'रेडियो अन ह्विल्स' सम्पन्न

पुस १९ गते बाँकेको नेपालगन्जबाट सुरु भएको रोड शो धनगढी, सुर्खेत, बुटवल, पोखरा, चितवन, मकवानपुर, बर्दिबास, गाईघाट, बिर्तामोड, इटहरी, धरान, विराटनगर, लहान हुँदै ललितपुरमा पुगेर समापन भएको हो ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

'Radio on Wheels' completed

What you should know

ललितपुर — रेडियो कान्तिपुरको रोड शो रेडियो अन ह्विल्स सम्पन्न भएको छ । 

ललितपुरको मंगलबजारमा बिहीबार रोड शो को १५ औं कार्यक्रम सकिएसँगै सातौं सिजनको रेडियो अन ह्विल्स समापन भएको हो । पुस १९ गते बाँकेको नेपालगन्जबाट सुरु भएको रोड शो धनगढी, सुर्खेत, बुटवल, पोखरा, चितवन, मकवानपुर, बर्दिबास, गाईघाट, बिर्तामोड, इटहरी, धरान, विराटनगर, लहान हुँदै ललितपुरमा पुगेर समापन भएको हो ।  

मंगलबजारमा आयोजित कार्यक्रममा असिम डी.सीले विश्वकपको टिकटसहित मुम्बइको ४ रात र ५ दिनको आकर्षक प्याकेज जिते । रेडियो अन ह्विल्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाएका थिए । 

कार्यक्रम आयोजना भएका १५ वटै स्थानमा एक्सट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिएको र त्यसमध्येबाट प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज प्राप्त गरेको आयोजकले जनाएको छ । 

कार्यक्रममा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुँयाल तथा सिजन–१ की विजेता रोसिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । 

गायक शिव परियारले चितवन र पोखराको कार्यक्रममा साथ दिए। यसपटक ३ वटा नयाँ स्थानमा कार्यक्रम आयोजना गरिएको र ती सबै स्थानमा श्रोता र दर्शकको साथ उल्लेखनीय रहेको रेडियोका स्टेशन म्यानेजर पवन आचार्यले जानकारी दिए । उनले भने, 'यसपटक हामीले लहान, बर्दिबास र उदयपुरमा कार्यक्रम गरेका थियौं । ती सबै ठाउँमा हामीले दर्शकको साथ र माया पायौं । आगामी दिनमा पनि ती स्थानलाई निरन्तरता दिंदै नयाँ स्थानमा पनि रोड शो लगिने छ ।'

कार्यक्रमलाई रेडियोका चर्चित कार्यक्रम प्रस्तोताहरु स्मिता राणा, महेश लिम्बु, महिमा भट्टराई र प्रजवल खड्काले सञ्चालन गरेका थिए । रोड शोमा तेस्रोपटक सहभागी भएका गायक विश्व नेपालीले अन्य कार्यक्रमभन्दा रेडियो कान्तिपुरको रोड शो विशेष रहने गरेको र दर्शकसँग सडकमै प्रत्यक्ष साक्षात्कार गर्न पाइएकोमा खुसी व्यक्त गरे । अर्का हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले रोड शो को आफ्नै मजा हुने र दर्शकको विविधताले पनि कार्यक्रमलाई रोमाञ्चक तुल्याउने बताए । 

कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाइमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।

कान्तिपुर

Link copied successfully