फिल्ममा दयाहाङ राई, सौगात मल्ललगायत कलाकारको अभिनय रहनेछ ।
काठमाडौँ — फिल्म ‘मितज्यू’को छायांकन सुरु भएको छ ।अनिल बुढा मगरले निर्देशन गर्ने फिल्मको शुभमुहूर्त सरस्वती पूजाको अवसरमा गरिएको हो ।
सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाँकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ ।
फिल्ममा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का लगायतको अभिनय छ ।
आरआर फिल्म्सले वितरण गर्ने यो फिल्म आगामी जेठ १५ मा प्रदर्शनमा ल्याउने तयारी छ ।
