माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्ममा लोभमाथि आधारित कथा छ।
काठमाडौँ — फिल्म ‘पेन्सन पट्टा’को छायांकन सकिएको छ । ३३ दिनमा फिल्मको छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।
माओत्से गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङलगायतको अभिनय छ ।
एक पात्रको लोभमाथिको कथा फिल्ममा समावेश छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक आफैले लेखेका हुन् । अहिलेका व्यस्त छायांकार सुसन प्रजापतिले खिचेको यो फिल्ममा झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको संगीत छ ।
निर्देशक गुरुङले यसअघि ‘दयारानी’ निर्देशन गरेका थिए । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।
