दयाहाङ राई, अनुराधा मजुमदारलगायत कलाकारको अभिनय रहेको यो फिल्म विनोद पौडेलको निर्देशनमा बनेको हो, जसले भुटानी शरणार्थीको कथा भन्छ ।
काठमाडौँ — हरिवंश आचार्यको मुख्य भूमिकामा बनेको फिल्म ‘भूठान’ अब ओटीटी प्लेटफर्म अमेजनमा प्रदर्शन भएको छ । अमेजनले आधिकारिक रूपमा उत्तर अमेरिका लक्षित गर्दै फिल्मलाई यो प्लेटफर्ममा राखेको हो ।
निर्माता अविरल थापाका अमेजनमा फिल्मको अंग्रेजी नाम'द वर्ल्ड्स ह्यापियस्ट म्यान' राखिएको छ । गत वैशाखमा नेपाल प्रदर्शनमा आएको यो फिल्ममा भुटानी शरणार्थीको कथा छ ।
हरिवंशसँग यो फिल्ममा कलाकारहरु दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको अभिनय छ । विनोद पौडेलको निर्देशन बनेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् ।
अन्जय खड्काले सम्पादन गरेको यो फिल्ममा डिकेश खड्गी शाहीको ध्वनि, समवरण केमको संगीत, बलिउडमा सक्रिय रहेका कला निर्देशक अञ्जन गजुरेलको कला निर्देशन छ ।
