शैली थिएटर, ओजस थिएटर र रुसी सदनको सहकार्यमा आयोजना हुने नाटक महोत्सवका लागि ४१ स्क्रिप्टमध्येबाट १८ नाटक छनोट गरिएका छन् ।
काठमाडौँ — १७ औं राष्ट्रिय बाल नाटक महोत्सव आयोजना हुने भएको छ । माघ २६ गतेदेखि फागुन २ गतेसम्म यो महोत्सव रुसी सदन, कमलपोखरीमा महोत्सव आयोजना हुने भएको हो ।
महोत्सवमा आयोजक बाहेकका १८ नाटक छनोट भएका छन् । महोत्सव निर्देशक नवराज बुढाथोकीका अनुसार प्राप्त ४१ स्कृप्टबाट १७ नाटक छनोट भएका हुन् । यो महोत्सव शैली थिएर, ओजस थिएटर र रुसी सदन, काठमाडौंको सहकार्यमा आयोजना हुने भएको हो ।
महोत्सवमा श्री महेन्द्र आदर्श मा.वि ललितपुरको 'हामी एकै हौ', मेधाश्री विद्यालय, काठमाडौंको 'यशस्वी भवः', हामी दाजुभाइ संस्था ललितपुरको 'के यो माया हो ?', इन्टरनेसनल स्कुल धुम्रबाराही,काठमाडौंको 'अब उठ्नु छ', काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय पनौती काभ्रेको 'सपनाको पुल', स्प्रीङ हिल ईङलिस बोर्डीङ स्कुल काभ्रेको 'सुनको, जुत्ता' र प्रगति प्रभात एकेडेमी काभ्रेको 'आमाको आशा' छनोट भएका हुन् ।
त्यस्तै, विद्या सागर ईङलिस बोर्डिङ स्कुल, काभ्रेको 'फाटेको गोजी', ज्ञान ज्योति एजुकेसन फाउन्डेसन, दाङको 'रगतले लेखिएको सपना', मृगशिरा वर्ल्ड स्कूल,काठमाण्डौंको 'सेतो जुत्ता',मेरी गोल्ड स्कूल भक्तपुरको 'पार्वती', होली एन्जल्स पब्लिक स्कूल काठमाडौंको 'फूलको थुंगा' महोत्सवमा पनि छनोट भएका हुन् ।
रिम्स स्कुल काठमाडौंको 'रातो फूल',रेड स्टार मा.वि.मोरङ्गको 'रात चिर्न्या भानु', मकालु मोरङ्ग स्कुल, मोरङ्गको 'कमिला र फट्याङग्रो',माउण्ट हर्मन चिल्ड्रेन मोरङ्गको 'श्रवण कुमारको कथा', मादे स्कुल काठमाडौंको 'लुकेको कथा' र गैडाकोट ईङलिस स्कुल गण्डकीको 'हजुरबा ! कथा सुनाउनुस न !' सहित १७ नाटक छानिएका हुन् । यी सबै नाटक महोत्सवभरी मञ्चन हुनेछन् ।
