कान्तिपुरको 'रेडियो अन ह्विल्स' मा झुम्यो लहान

रेडियो अन ह्विल्समा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

माघ ५, २०८२

विनय आजाद

Lahan dances on Kantipur's 'Radio on Wheels'

सिरहा — मिनीट्रकमै स्टेज अनि स्टेजमा कलाकारहरू प्रस्तुति दिइरहेका छन् । जसो-जसो कलाकारहरू गाउँदै नाच्दै स्टेज तताइरहेका छन्, त्यसैगरी दर्शक पनि सुरमा ताल मिलाउँदै छमछमी नाचेर धूलो उडाइरहेका छन् ।

कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको रेडियो कान्तिपुरले लहानमा सोमबार आयोजना गरेको 'रेडियो अन ह्विल्स' कार्यक्रमको दृश्य हो यो । रेडियो अन ह्विल्समा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

लहानस्थित प्रादेशिक अस्पतालका प्रमुख रंजित झाले पनि गीत गाए । रेडियो कान्तिपुरले रेडियोको प्रवर्द्धन र श्रोतासँग सम्बन्ध विस्तारको उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रम गर्छ । सांस्कृतिक प्रस्तुतिसँगै रमाइला खेल खेलाउने र पुरस्कार वितरण गरिने यो कार्यक्रम यसपालि मुलुकका विभिन्न १५ भन्दा बढी सहरमा गरिँदैछ ।

रेडियो अन ह्विल्स कार्यक्रमका क्रममा प्रतिशृंखला एक जनालाई मुम्बईको चार रात पाँच दिनको प्याकेजसहित टी–२० विश्वकपको टिकट प्रदान गरिन्छ । यस कार्यक्रममा एक्सट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने व्यक्तिमध्ये एक जना लक्की ड्रमार्फत यस्तो प्याकेज पाउने गरेका हुन् ।

लहानमा यसपालि यो प्याकेज स्थानीय करणकुमार दासले जितेका छन् । एक्सट्रिम इनर्जी ड्रिंक्स टाइटल स्पोन्सर रहेको यो कार्यक्रमको पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन् । 

इन्टरनेट पार्टनर वाईफाई नेपाल, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनर सर्वो, फर्निचर पार्टनर सोफा हब काठमाडौं तथा बन्डिङ पार्टनर राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापन भने इभेन्ट नेपालले गरिरहेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully