‘रेडियो अन ह्विल्स’मा झुम्यो विराटनगर

कार्यक्रममा गायक विश्व नेपाली र हास्य कलाकार राजा राजेन्द्र पोखरेलले बेजोड प्रस्तुति दिए ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Biratnagar shines in 'Radio on Wheels'

What you should know

विराटनगर — मोरङको विराटनगरमा आयोजना गरिएको रेडियो कान्तिपुरको रोड शो ‘रेडियो अन ह्विल्स’ कार्यक्रम आइतबार साँझसँगै भव्य कन्सर्टमा परिणत भयो । एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको कार्यक्रममा गायक विश्व नेपाली र हास्य कलाकार राजा राजेन्द्र पोखरेलले बेजोड प्रस्तुति दिए । यी दुई कलाकारको दमदार प्रस्तुतिले विराटनगरको चिसो साँझ तातियो ।

स्टेजमा उक्लिँदै विश्व नेपालीले आफ्ना चर्चित गीतहरू ‘मै पनि बन्छु कवि देवकोटा’, ‘मिठो साह्रै मिठो’ र ‘परान परान’ प्रस्तुत गरे । गीतको तालसँगै उनले दर्शकलाई पनि नचाउँदै कन्सर्टलाई सहभागितामूलक बनाए । 

हास्य कलाकार राजा राजेन्द्र पोखरेलले स्ट्यान्डअप कमेडीमार्फत समसामयिक राजनीतिमाथि व्यंग्य प्रहार गरे । उनले प्यारोडी गीतमार्फत हास्य र संगीतलाई एउटै मञ्चमा मिसाएर प्रस्तुत गरे ।

Biratnagar shines in 'Radio on Wheels'

कार्यक्रममा डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल र सिजन–१ की विजेता रोसिका राउतले आकर्षक नृत्य प्रस्तुत गरे । उनीहरूको ऊर्जावान् प्रस्तुतिले युवा दर्शकलाई थप उत्साहित बनायो । एक्सट्रिम इनर्जी ड्रिंक्सका तर्फबाट प्रस्तुत डान्सर ग्रुपले पनि निरन्तर नृत्य प्रस्तुति दिएर कार्यक्रमलाई गतिशील बनायो ।

Biratnagar shines in 'Radio on Wheels'

कार्यक्रम अवधिभर एक्सट्रिम इनर्जी ड्रिंक्सको स्टलमा उल्लेख्य भीड देखियो । एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंक्स पिएर लक्की ड्रमा सहभागी हुनेहरूको संख्या धेरै थियो । सोही अवसरमा विराटनगरका किशोर प्रसाद सापकोटा विश्वकप जर्नीको टिकट जित्दै भाग्यशाली विजेता बने ।

कार्यक्रमको पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनर वाइफाइ नेपाल, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनर सर्वो, फर्निचर पार्टनर सोफा हब काठमाडौं र बन्डिङ पार्टनर राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।

कान्तिपुर

Link copied successfully