'फोन नगर' भन्दै आइन् आना

गायक तथा र्‍यापर कुशल पोखरेलको आवाजमा फिल्म फिल्म ‘रमिताको पिरती’को ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरिएको हो ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Anna came saying, ”Don't call.”

काठमाडौँ — प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘रमिताको पिरती’ले प्रचार थालेको छ । माघ २३ देखि प्रदर्शनमा आउने यो फिल्मले फेरि दर्शकबीच नयाँ गीत सार्वजनिक गरेको छ । 

गायक तथा र्‍यापर कुशल पोखरेलको आवाजमा फिल्मको ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरिएको हो। सुदिप्ताको निर्देशनमा बनेको फिल्मको गीतलाई बुटवलमा एक कन्सर्ट आयोजना गर्दै सार्वजनिक गरिएको हो । कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायत कलाकारले प्रस्तुति दिएका थिए । 

कुशलकै शब्दमा तयार गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आना शर्माको अभिनय छ । कुशल पनि भिडियोमा देखिएका छन् । झोलेइज्मको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको भिडिओमा जेस्टीको कोरियोग्राफी छ । भिडियोलाई जेनिश महर्जनले खिचेका हुन् । गीतमा युवा पुस्ताको 'ब्रेकअप' र त्यसपछिको भाव समेटिएको छ । त्यसैले भिडियोमा अभिनेत्री शर्मा बारम्बार दोहोर्‍याइरहन्छिन् -'फोन नगर' । 

यो फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । 

कान्तिपुर संवाददाता

Link copied successfully