रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्य प्रस्तुत गरे ।
What you should know
धरान — रेडियो कान्तिपुरको रोड शो ‘रेडियो अन ह्वील्स’ को सिजन ७ अन्तर्गतको १२ औं शृंखला शनिबार धरानमा सम्पन्न भएको छ ।
यसपटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा यशोदा ढकालले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । विशेषगरी विश्व नेपालीले ‘मिठो असाध्यै मिठो’ र ‘मै पनि बन्छु कवि देवकोटा’ बोलका गीत प्रस्तुत गर्दा दर्शकबाट पुनः प्रस्तुतिको माग गरिएको थियो ।
कार्यक्रमका क्रममा आरजे महेश लिम्बूले धरानले सधैं कार्यक्रमप्रति माया र उत्साह देखाउने गरेको बताए । अर्की आरजे स्मिता राणाले पनि पूर्वका कार्यक्रम भव्य हुने गरेको प्रतिक्रिया दिइन् ।
कार्यक्रममा इस्राफिल आलमले मुम्बईको चार रात पाँच दिनको प्याकेजसहित टी–२० विश्वकपको टिकट जितेका छन् । श्रोतासँग सम्बन्ध विस्तारका साथै रमाइला खेल र पुरस्कार वितरण गर्दै मुलुकका विभिन्न १५ भन्दा बढी सहरमा रेडियो कान्तिपुरले ‘रेडियो अन ह्विल्स’ कार्यक्रम गरिरहेको छ ।
आयोजकका अनुसार कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्सट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने सहभागीहरूको नाम र मोबाइल नम्बर लक्की ड्रमा समावेश गरिनेछ । प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टिभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनर वाईफाई नेपाल, स्न्याक्स पार्टनर रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनर सर्वो, फर्निचर पार्टनर सोफा हब काठमाडौं तथा बन्डिङ पार्टनर राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।
यसै क्रममा आइतबार विराटनगरको सेन्ट्रल मल छेउमा अर्को कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।
