हलमा तीन फिल्म

एकसाथ प्रदर्शनमा आएको तीन फिल्ममध्येमा कसले बक्स अफिसमा बाजी मार्ला ?

माघ १, २०८२

कान्तिपुर संवाददाता

Three films in the theater

काठमाडौँ — आजबाट तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएको छन् । माघे संक्रान्तीको अवसर पारेर ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ एकसाथ प्रदर्शनमा आएको हो । 

निगम श्रेष्ठ निर्देशित ‘मिरमिरे’मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठको अभिनय छ । कमेडी विधाको यो फिल्ममा भाइरल हुन चाहने एक पात्रको कथा समावेश छ । फिल्ममा सौगात मल्लको चरित्रलाई अभिनेता शिव श्रेष्ठको फ्यानका रुपमा देखाइएको छ । यो फिल्ममा अभिनेता बुद्धि तामाङको मुख्य भूमिका छ । 

दयाहाङ राई अभिनित ‘मिरमिरे’मा अभिनेता एवं गायक प्रकाश सपुतको पनि मुख्य भूमिका छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन् । उनले यसअघि ‘कार्साङ’ निर्देशन गरेका थिए । यो फिल्ममा दया र प्रकाशसँगै सिर्जना निङ्लेखुको पनि अभिनय छ । फिल्ममा बुवा र छोरीको सम्बन्ध समावेश गरिएको छ । 

यी दुई फिल्मसँगै प्रदर्शनमा आएको अर्को फिल्म हो –'गोबर गणेश' । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मलाई मरिचमान श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक मरिचमानसँगै वर्षा सिवाकोटी, पदम तामाङ र पुजन घिमिरेको अभिनय छ । 

अब एकसाथ प्रदर्शनमा आएको यी तीन फिल्ममध्येमा कसले बक्स अफिसमा बाजी मार्ला ? त्यो भने प्रतिक्षाकै विषय हो ।

कान्तिपुर

Link copied successfully