आमिर खान प्रोडक्शन्सको नयाँ फिल्म ‘एक दिन’को पहिलो झलक

आमिर खान प्रोडक्शन्सको ब्यानरमा बनेको ‘एक दिन’ फिल्ममा साई पल्लवी र जुनैद खान प्रमुख भूमिकामा देखिँदैछन्  । फिल्म २०२६ को १ मेमा रिलिज हुनेछ।

माघ १, २०८२

कान्तिपुर संवाददाता

First look at Aamir Khan Productions' new film 'Ek Din'

काठमाडौँ — आमिर खान प्रोडक्शन्सको आगामी रोमान्टिक ड्रामा फिल्म ‘एक दिन’को पहिलो झलक सार्वजनिक भएको छ ।

फिल्ममा साई पल्लवी र जुनैद खान प्रमुख भूमिकामा देखिँदैछन् ।

सुनील पाण्डेको निर्देशन रहेको फिल्मलाई मंसूर खान, आमिर खान र अपर्णा पुरोहितले निर्माण गरेका छन् ।

'क़यामत से क़यामत तक', 'जो जीता वही सिकंदर' र 'जाने तू... या जाने ना' जस्ता प्रतिष्ठित फिल्महरूपछि आमिर र मंसूर फेरि सहकार्यमा देखिए । ‘एक दिन’ साई पल्लवीको बलिउड डेब्यू हो । 

फिल्मको पहिलो लुकमा साई पल्लवी र जुनैद खान नयाँ अन-स्क्रीन जोडीको रूपमा देखिएका छन् । शीतकालीन परिवेशमा उनीहरू सडकमा सँगै हिँडिरहेका छन्, जहाँ उनीहरूको आकर्षण, न्यानोपन र सहज केमिस्ट्री स्पष्ट रूपमा देखिन्छ । 

आमिर खान प्रोडक्शन्सको ब्यानरमा बनेको ‘एक दिन’को कथा स्नेहा देसाई र स्पन्दन मिश्राले लेखेका छन् ।

यो फिल्म २०२६ को १ मेमा सिनेमाघरमा रिलिज हुने बताइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully