लमजुङ, गोरखा र चितवनमा छायांकन गरिएको फिल्मले रातारात चर्चित बन्ने पात्रको जीवन प्रस्तुत गर्छ ।
काठमाडौँ — फिल्म 'भाईरल गोर्खे'को प्रिमियर सम्पन्न भएको छ । माघ १ देखि प्रदर्शनमा आउने यो फिल्मलाई मंगलबार फिल्मकर्मी, पत्रकार र कलाकारबीच देखाइएको हो ।
प्रिमियरमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँलगायतका कलाकारको उपस्थिति थियो ।
निगम श्रेष्ठ निर्देशित यो फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा उनी दुईसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ ।
ड्रामा/कमेडी विधाको यो फिल्ममा रातारात चर्चा कमाउन चाहने एक पात्रको कथा प्रस्तुत गरिएको छ ।
अमर महर्जनले खिचेको यो फिल्मलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । फिल्मले प्रिमियरमा सकरात्मक प्रतिक्रिया बटुल्यो ।
