कम्बोडियाका हलमा ‘गुन्यो चोलो : द ड्रेस’

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा बनेको यो फिल्म कम्बोडियाका ८० हलमा डबिङ गरेर प्रदर्शन गरिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिइन् ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

'Gunyo Cholo: The Dress' in Cambodian theaters

काठमाडौँ — समुन्द्र भट्ट निर्देशिन नेपाली फिल्म 'गुन्यो चोलो : द ड्रेस' कम्बोडियाका हलमा प्रदर्शनमा आएको छ । लेजेन्ड सिनेमाले फिल्मलाई कम्बोडियामा प्रदर्शन गरेको हो । 

निर्देशक भट्टका अनुसार यो फिल्म कम्बोडियाका ८० हलमा प्रदर्शनमा आएको हो । यो फिल्म ३ महिनाअघि नेपालका हलमा प्रदर्शनमा आएको थियो । फिल्ममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कथा समावेश छ । 

'कम्बोडियासँगै हाम्रो फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन सुरु भएको छ । म त खुसी छु । त्यहाँका दर्शकले नेपाली फिल्मलाई कसरी हेर्छन्, कस्तो प्रतिक्रिया आउला भन्ने कुराको प्रतीक्षामा छु,'उनले भने । उनका अनुसार फिल्मलाई कम्बोडियाको खमेर भाषामा डबिङ गरेर प्रदर्शनमा ल्याइएको हो ।

फिल्ममा अभिनेता नाजिर हुसेनको प्रमुख भूमिका छ । उनीसँगै फिल्ममा सञ्चिता लुइँटेलको पनि मुख्य भूमिका छ ।

कान्तिपुर

Link copied successfully