गाईघाटमा ‘रेडियो अन ह्विल्स’

रेडियो कान्तिपुरले आयोजना गरेको ‘रेडियो अन ह्विल्स’ कार्यक्रममा उदयपुरकी दीपा राईले भारतको मुम्बईमा फेब्रुअरी ८ मा हुने नेपाल र इङ्ल्याण्डबीचको टी/२० विश्वकप हेर्न पाउने भाग्यशाली उपहार पाएकी छन् ।

पुस २९, २०८२

राकेश नेपाली

'Radio on Wheels' in Gaighat

What you should know

उदयपुर — रेडियो कान्तिपुरले बर्सेनि आयोजना गर्ने रोड सो ‘रेडियो अन ह्विल्स’को सातौं संस्करण मंगलबार गाईघाटमा सम्पन्न भएको छ ।

कार्यक्रममा गायक विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल र डान्स च्याम्पियन नेपालका विजेता वर्षा फुयाल र सिजन-१ की विजेता रोसिका राउतले प्रस्तुति दिएका थिए । श्रोतासँग सम्बन्ध विस्तारका साथै रमाइला खेल र पुरस्कार वितरण गर्दै मुलुकका विभिन्न १५ भन्दा बढी सहरमा रेडियो कान्तिपुरले ‘रेडियो अन ह्विल्स’ कार्यक्रम आयोजना गरेको छ । 

उदयपुरकी दीपालाई टी/२० विश्वकपको टिकट

रेडियो कान्तिपुरले आयोजना गरेको ‘रेडियो अन ह्विल्स’ कार्यक्रममा उदयपुरकी दीपा राईले आकर्षक उपहार जितेकी छिन् । उदयपुरको गाईघाटस्थित पिपलचौकमा आयोजना गरिएको रोड सो कार्यक्रममा उनले भारतको मुम्बईमा फेब्रुअरी ८ मा हुने नेपाल र इङ्ल्याण्डबीचको टी/२० विश्वकप हेर्न पाउने भाग्यशाली उपहार पाएकी हुन् । एक्सट्रिम इनर्जी ड्रिंक्स खरिद गरेकी राईले लक्की ड्रमार्फत सो पुरस्कार पाएकी हुन् ।

विजेताले विश्वकप क्रिकेटको टिकटका साथै ४ रात ५ दिनको स्पेसल प्याकेज र दुईतर्फी यातायातको सुविधा प्राप्त गर्ने रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले बताए । एक्सट्रिम इनर्जी ड्रिंक्स खरिद गर्दा उदयपुरकै डिल्लीबहादुर कार्कीले १० हजार रुपैयाँ पुरस्कार जितेका छन् । 

कार्यक्रमको टाइटल स्पोन्सर एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाईफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुर्बिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बोण्डिङ पार्टनरमा राथीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापन इभेन्ट नेपालले गरेको आयोजकले जनाएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully