‘रेडियो अन ह्विल्स’ ले तात्यो नारायणी किनार

पुसको चिसोको पर्वाह नगरी दर्शक नारायणी नदी किनारमा राति ८ बजेसम्म झुमे, गायक शिव परियारले आफ्ना एक दर्जन बढी हिट गीत गाएसागै कार्यक्रम समापन भयो

पुस २७, २०८२

कान्तिपुर संवाददाता

'Radio on Wheels' heats up Narayani coast

What you should know

काठमाडौँ — चितवनको नारायणगढस्थित नारायणी नदी किनार शनिबार एक्स्ट्रिममय भयो । गीतसंगीत, नाचगान, रमाइला खेल र आकर्षक पुरस्कार ।

एक्स्ट्रिम इनर्जी ड्रिङसले प्रायोजन गरेको सातौं संस्करणको रेडियो अन ह्विल्सको छैटौं कार्यक्रममा सबैभन्दा आकर्षणको केन्द्रबिन्दु एक्स्ट्रिमले वितरण गरेको टी–२० विश्वकप क्रिकेटको टिकटसहितको आकर्षक प्याकेज रह्यो ।

पुसको चिसोको पर्वाह नगरी दर्शक नारायणी नदी किनारमा राति ८ बजेसम्म झुमे । गायक शिव परियारले आफ्ना एक दर्जन बढी हिट गीत गाएसँगै कार्यक्रम समापन भयो । उनले नारायणगढले आफूलाई सधैं माया गर्ने गरेको भन्दै आभार प्रकट गरे ।

त्यसअघि राजा राजेन्द्र पोखरेलले हाँस्यव्यंग्य र प्यारोडी मिसिएको प्रस्तुति दिएका थिए । उनले राजनीति, नेपाली गीतसंगीत र समाजको चरित्रमाथि कटाक्ष गरे । अर्का गायक विश्व नेपालीले पनि मै पनि बन्छु कवि देवकोटा, मिठो साह्रै मिठो, परान परान जस्ता चर्चित गीत प्रस्तुत गरे ।

डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाल तथा सिजन–१ की विजेता रोसिका राउतले पनि दर्शकलाई नृत्यमार्फत भरपुर मनोरन्जन प्रदान गरे । त्यसमाथि एक्स्ट्रिम इनर्जी ड्रिङसका तर्फबाट रोड शोमा सहभागी डान्सरले पनि छुट्टै प्रस्तुति दिए ।

नारायणगढको कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिङस फ्यान बन्दै विश्वकपको टिकट स्थानीय उर्मिला श्रेष्ठले जितिन् । उनको नाम गोलाप्रथाबाट कार्यक्रमको अन्त्यमा निकालिएको थियो । उनी रोड शोमा पुरस्कार जित्ने दोस्रो महिला हुन् । यसअघि पनि सुर्खेतमा आयोजित कार्यक्रममा सुष्मा अर्यालले विश्वकपको टिकट जितेकी थिइन् ।

रेडियो अन ह्विल्समा सहभागीहरूले यस पटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउने रेडियो कान्तिपुरले जनाएको छ । कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिङस खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले बताएको छ । प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन् ।

चितवनपछि आइतबार रोड शो मकवानपुरको मनहरी बजारमा आयोजना हुनेछ । कार्यक्रमको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिङस छ । पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर छन् ।

इन्टरनेट पार्टनरमा वाइफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully