राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर हास्य कलाकार राजा राजेन्द्र पोखरेलले पहिले नेपाल एकताबद्ध भए पनि अहिले विभिन्न मुद्दामा ए कता ? भन्ने अवस्था सिर्जना भएको भन्दै कटाक्ष गरे ।
What you should know
मकवानपुर — एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेको रेडियो अन ह्विल्स आईतबार मनहरी बजारमा पुग्दा मौसम चिसिएको थियो । तर, गायक विश्व नेपाली र हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुतिसँगै मनहरी बिस्तारै तात्दै गयो ।
विश्वले कार्यक्रममा उपस्थित भएका सहभागीलाई पनि सँगै नचाए । विश्वले मकवानपुरमा थुप्रै कार्यक्रम गरे पनि मनहरी बजारमा भने पहिलो कार्यक्रम भएको बताए । उनले 'मै पनि बन्छु कवि देवकोटा', 'मिठो साह्रै मिठो' र 'परान परान' गाउँदा माहौल झनै तातिएको थियो । चितवनको कार्यक्रम सकेर रोड शो मकवानपुर आइपुगेको हो ।
कार्यक्रममा पोखरेलले मुलुकको पछिल्लो अवस्थाका बारेमा व्यंग्य पनि गरे । एकता दिवसको सन्दर्भ पारेर उनले पहिले नेपाल एकताबद्ध भए पनि अहिले विभिन्न मुद्दामा ए कता ? भन्ने अवस्था सिर्जना भएको भन्दै कटाक्ष गरे । स्ट्याण्डअप कमेडीसँगै उनले प्यारोडी गीत पनि प्रस्तुत गरे ।
कार्यक्रम अवधिभर एक्सट्रिमको स्टलमा सबैभन्दा बढी भीड लागेको थियो । कारण, एक्सट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंक्स पिएर लक्की ड्रमा आफ्नो नाम समावेश गर्नेको संख्या उल्लेख्य थियो । 'रेडियो अन ह्विल्स' आयोजना हुने १५ वटै सहरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले आसन्न टी–२० विश्वकपको टिकटसहित ४ रात र ५ दिनको मुम्बईको आकर्षक प्याकेज पनि उपलब्ध गराउँदै आएको छ ।
मनहरीको कार्यक्रममा स्थानीय सरिता पाठकले विश्वकपको टिकटसहितको प्याकेज जितिन् ।
रोड शोमा डान्स च्याम्पियन नेपाली विजेता वर्षा फुयाल र सिजन-१ की विजेता रोसिका राउतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । एक्सट्रिम इनर्जीं ड्रिंक्सका तर्फबाट पनि डान्सर ग्रुपको प्रस्तुति रहेको थियो ।
मकवानपुरको कार्यक्रम सकेर रेडियो अन ह्विल्स महोत्तरी प्रस्थान गरेको छ । सोमबार महोत्तरीको बर्दिबासमा रोड शो कार्यक्रम हुनेछ । कार्यक्रमको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ भने पावर्डबाइमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेका छन् ।
इन्टरनेट पार्टनरमा वाइफाइ नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ । मुलुकभरका विभिन्न १५ सहरमा कार्यक्रम आयोजना गरिने रेडियो कान्तिपुरले जनाएको छ ।
