नारायणी किनारमा ‘पिउँदिनँ भन्दा भन्दै'लाई वान्स मोर

पछिल्ला वर्षमा दर्शकले सर्वाधिक रुचाएको ‘धोखेबाज हौ तिमी..’ गीत गाउँदै शिवले दर्शक उफारेका थिए ।

पुस २६, २०८२

राजु चौधरी

Once more, on the banks of the Narayani, they say, 'I don't drink'

What you should know

चितवन — साँझ सवा ७ बज्दै थियो । चिसो हावा चल्दै गर्दा चितवनको नारायणी नदी किनारको माहोल भने बिस्तारै तात्दै थियो । जब स्टेजमा उत्रिए गायक शिव परियार, तब माहोल झनै तात्यो ।

एक्स्ट्रिम इनर्जी मुख्य प्रायोजक रहेको रेडियो कान्तिपुरको रोड शो ‘रेडियो अन ह्विल्स’ मा ‘सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे..’ गीत गाउँदै उपस्थित दर्शकलाई झुमाउन सुरु गरे । पछिल्ला वर्षमा दर्शकले सर्वाधिक रुचाएका ‘धोखेबाज हौ तिमी..’ गीत गाउँदै शिवले दर्शक उफारेका थिए ।

दर्शकबाट वान्स मोर भन्दै हुटिङ आएपछि उनले ‘पिउँदिनँ भन्दा भन्दै पिलायो साथीले..’ गीत गाउँदा नारायणी किनारको माहोल फरक बनेको थियो । स–साना दर्शकदेखि उपस्थित सबैले वान्स मोरको हुटिङ गरेपछि शिवले उक्त गीत दुई पटक गाउन बाध्य भए । उनी स–साना बालबालिकासँग खुबै रमाएका थिए । आफूले गीत गाउन थालेकै २२ वर्ष भएको स्मरण गर्दै अब नयाँ दर्शक श्रोता आइपुग्दा पनि आफूलाई उत्तिकै माया गरेकामा खुसी प्रकट गरे । 

अर्का गायक विश्व नेपालीले पनि नारायणीको माहोल तताएका थिए । ‘भन के छ बन्दोबस्त’ गीत गाउँदै दर्शक तानेका विश्वले ‘मै बन्छु कवि देवकोटा’ लगायतका गीत गाउँदै दर्शक उफारेका थिए । 

हास्यकलाकार राजा राजेन्द्र पोखरेलले भने आफ्नो प्रहसनबाट दर्शकलाई हँसाएका थिए । कार्यक्रममा डान्स च्याम्पियन विजेता वर्षा फुयाल र डान्स च्याम्पियन सिजन–१ विजेता रोशिका राउतको उत्कृष्ट नृत्यले दर्शकलाई मोहित बनाएको थियो । 

उर्मिला श्रेष्ठले जितिन् विश्वकप प्याकेज 

एक्सिट्रम इनर्जी तथा म्याक्स टाइगर इनर्जी ड्रिंक्सले रेडियो अन ह्विल्समा प्रदान गर्ने टी–२० विश्वकपको टिकटसहितको आकर्षक प्याकेज नारायणी नदी किनारमा ठेला व्यवसाय गर्दै आएकी उर्मिला श्रेष्ठले जितेकी छन् ।Once more, on the banks of the Narayani, they say, 'I don't drink'

नारायणी नदी किनारको रोड शोमा सहभागी भएर एक्सिट्रम इनर्जी खरिद गरेकी श्रेष्ठले लक्की ड्रमार्फत उक्त प्याकेज जितेकी हुन् । उनले आगामी फेब्रुअरी–मार्चमा हुने टी–२० क्रिकेट विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा पाउनेछन् । कार्यक्रम हुने १५ वटै स्थानामा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ ।

यसअघि धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा एक–एक जनाले उक्त प्याकेज जितिसकेका छन् । यस्तै सोही कार्यक्रममा स्क्र्याच कार्डमार्फत अनिल श्रेष्ठले मोबाइल उपहार प्राप्त गरे । 

रोड शो चितवनपछि मकवानपुरको हेटौंडा, बर्दिबास, गाईघाट हुँदै पूर्वतिर प्रस्थान गर्नेछ । कार्यक्रमको ‘टाइटल स्पोन्सर’ एक्स्ट्रिम इनर्जी ड्रिंक्स छ भने नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडको पनि साथ छ ।

इन्टरनेट पार्टनरमा वाईफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन् । कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully