‘द राजा साब’ले पहिलो दिन कति कमायो ?

प्रभास, मालविका मोहनन लगायत स्टार कलाकारको अभिनय रहेको यो फिल्मले ओपनिङमा ५४.१५ करोड कमाइ गरेर नयाँ कीर्तिमान राखेको छ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

How much did 'The Raja Saab' earn on the first day?

काठमाडौँ — साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘द राजा साब’ ले रिलिजको पहिलो दिनमै बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ ।

भारतमा मात्र फिल्मले पहिलो दिन ४५ करोड रुपैयाँ कमाइ गरेको छ । प्रि–सेलको आम्दानीसमेत जोड्दा फिल्मको कुल ओपनिङ कलेक्सन ५४.१५ करोड रुपैयाँ पुगेको छ ।

मारुति निर्देशित यो हरर–कमेडी फिल्ममा प्रभाससँगै सञ्जय दत्त, जरीना वहाब, बोमन इरानी, निधि अग्रवाल, रिद्धि कुमार र मालविका मोहनन मुख्य भूमिकामा छन् । 

फिल्मको दुई दिनको कुल कलेक्सन ६५.८४ करोड रुपैयाँ पुगेको छ । वितरकहरूका अनुसार सप्ताहन्तमा फिल्मको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ । 

फिल्ममा प्रमुख भूमिका निभाएकी अभिनेत्री मालविका मोहननले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो अनुभव सेयर गरेकी छन् ।

उनले लेखेकी छन्, ‘मेरो शूटको पहिलो दिन हैदराबादमा प्रभास सरसँग एक सुन्दर र रोमान्टिक दृश्य थियो । शूटको अन्तिम दिन ग्रीसमा ‘नाचे–नाचे’ गीतको छायांकन भयो ।’ 

‘द राजा साब’ ले ओपनिङ डेमा सन् २०२५ मा रिलिज भएको फिल्म ‘छावा’ को रेकर्ड पनि तोडेको छ । ‘छावा’ ले पहिलो दिन भारतीय बक्स अफिसमा ३१ करोड रुपैयाँ कमाइ गरेको थियो ।

कान्तिपुर

Link copied successfully