‘कुमारी’ फिल्म प्रमोशनका लागि नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ कन्सर्ट आयोजना हुँदैछ ।
काठमाडौँ — फिल्म कुमारी टिमले देशका विभिन्न ठाउँमा लाइभ म्युजिकल कन्सर्ट गर्ने भएको छ ।
'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा'को ट्रेलर सार्वजनिक गर्दै टिमले यसबारे जानकारी गराएको हो ।
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ आगामी माघ २३ गते रिलिज हुँदैछ । फिल्म प्रवर्द्धनका लागि चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोड्नका लागि यो कन्सर्ट गर्न लागिएको निर्देशक राउतले बताए ।
बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ, जहाँ ब्यान्डसहित चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक राउतसहितको समूह रहनेछ ।
प्रस्तुति माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा हुनेछ ।
