‘धुरन्धर’ले १,२५९ करोड रुपैयाँभन्दा बढी कमाई गर्दै ‘आरआरआर’ लगायतका ठूला फिल्महरूलाई पछि पार्दै चौथो स्थानमा पुगेको छ।
काठमाडौँ — रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ले बक्स अफिसमा पाँचौँ हप्तासम्म पनि राम्रो व्यापार गरिरहेको छ ।
भारतमा मात्र फिल्मले हालसम्म ८३६.१५ करोड रुपैयाँ व्यापार गरिसकेको छ ।
विश्वव्यापी रूपमा फिल्मले १,२५९ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै अहिलेसम्मकै चौथो सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा स्थान बनाएको छ ।
यससँगै एसएस राजामौलीको ब्लकबस्टर ‘आरआरआर’ (१,२३० करोड) लाई पनि फिल्मले पछि पारेको छ ।
‘धुरन्धर’ ले ‘केजिएफ : च्याप्टर २’, ‘जवान’ लगायतका ठूला ब्लकबस्टरहरूलाई पनि फिल्मको व्यापारले उछिनिसकेको छ ।
अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्ने दौडमा ‘धुरन्धर’ अब केवल तीन फिल्मभन्दा पछाडि छ । ‘दंगल’ (२,०७०.३ करोड), ‘हुबली २: द कन्क्लुजन’ (१,७८८.०६ करोड) र ‘पुष्पा २: द रुल’ (१,७४२.१ करोड ) ‘धुरन्धर’भन्दा अघि नै छन् ।
यश राज फिल्म्स्ले ‘धुरन्धर’ लाई एउटै भाषामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको अवसरमा बधाई दिएको छ ।
कम्पनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘धुरन्धर’ केवल एउटा फिल्म होइन । यो भारतीय सिनेमाको एउटा यस्तो माइलस्टोन हो, जसलाई सधैँ सम्झिइनेछ ।’
