आशाबहादुर तामाङको शब्द, पुष्कर सुनुवारको संगीत र रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको यो फिल्म २०२६ मा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
काठमाडौँ — फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत बजारमा आएको छ । फिल्मको ‘धौले धन्सार’ बोलको गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को स्वर छ ।
आशाबहादुर तामाङको शब्दमा तयार यो गीतमा पुष्कर सुनुवारको संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा फिल्मका कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी, हिउवाला गौतम, स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको अभिनय छ ।
फिल्ममा अन्य कलाकारमा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतको अभिनय छ ।
फिल्ममा राजेन्द्र खड्गीको एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसीको छायांकन, बनिष शाह र नवीन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ । दाजुभाइको कथा समेटिएको यो फिल्मलाई सन् २०२६ मा प्रदर्शन ल्याउने निर्माण पक्षको तयारी छ ।
