के 'स्ट्रेन्जर थिंग्स' बन्ला नेट्फ्लिक्सको सर्वाधिक हेरिने श्रृंखला ?

१० करोड ५७ लाख भ्यूजसहित ‘स्ट्रेन्जर थिंग्स’ले ‘फूल मि वान्स’लाई पछि पार्दै नेट्फ्लिक्सको ‘अल टाइम’ चार्टको नवौं स्थानमा स्थान बनाएको छ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Will 'Stranger Things' become Netflix's most-watched series?

What you should know

काठमाडौँ — 'स्ट्रेन्जर थिंग्स'को पाँचौ सिजनको फिनाले प्रदर्शनमा आएसँगै यो श्रृंखला नेटफ्लिक्सको अहिलेसम्मकै सर्वाधिक रुचाइएको अंग्रेजी भाषाको टिभी सिरिजमा पर्न सफल भएको छ । 

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पाँचौं श्रृंखलाले अहिलेसम्म १० करोड ५७ लाख भ्यूज प्राप्त गरेको छ । खासमा नेट्फ्लिक्सले कुनै श्रंखला प्रदर्शनमा आएको ९१ ‍ औं दिनसम्मको भ्यूज हेरेर सबैभन्दा धेरै हेरिएको सूची सार्वजनिक गर्दै आएको छ । तर, फरक भोल्युम सार्वजनिक गर्दै छुट्टाछुट्टै समयमा प्रदर्शनमा आएका श्रृंखलाको हकमा भने कुनै भोल्युम प्रदर्शनमा आएको ९१ औं दिनमा भ्यूज हेर्दै आएको छ ।

त्यसै अनुरुप नोभेम्बर २६ मा प्रदर्शनमा आएको भोल्युम पाँच अन्तर्गतका चार श्रंखलाका भ्यूज फेब्रुअरी २४ मा गणनामा गनिएको हो । त्यस्तै, भोल्युम २ का तीन श्रृंखलाका भ्यूज भने डिसेम्बर २५ देखि मार्च २५ सम्म गणना गरिनेछन् । अन्तिम श्रृंखलाको गणना भने डिसेम्बर ३१ देखि मार्च ३१ सम्म गरिनेछ । 

सबै भोल्युमका भ्यूज अझै गन्न बाँकी रहेकाले पनि 'स्ट्रेन्जर थिंग्स', नेट्फ्लिक्सको 'अल टाइम चार्ट'को शीर्ष स्थानमा उक्लिन अझै ३ महिना बाँकी रहेको देखिन्छ । अहिले भने यो श्रृंखला सर्वाधिक हेरिएको टिभी सिरिजको शीर्ष ९ मा छ । 'फूल मि वान्स'लाई चार्टबाट हटाउँदै डफर ब्रदरद्वारा निर्देशित यो श्रंखला चार्टको ९ औं स्थानमा उक्लेको हो ।

जब कि सन् २०२२ मा प्रदर्शनमा आएको 'स्ट्रेन्जर थिंग्स'को ४ औं सिजन अझै पनि यो चार्टको शीर्ष तीन स्थानमा छ । यो चार्टमा 'वेइनस्डे' र 'एडोलोसेन्स' भने क्रमश पहिलो र दोस्रो स्थानमा छ । दर्शकको रुची, भ्यूजको गणनाले पनि यो सिरिज सर्वाधिक हेरिने सूचीको शीर्ष स्थानमा पुग्ने आकलन गर्न थालिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully