बुटवलपछि रेडियो अन ह्विल्स कार्यक्रम पोखराको लेकसाइडमा आयोजना हुनेछ ।
What you should know
काठमाडौँ — एक्स्ट्रिम इनर्जी तथा म्याक्स टाइगर इनर्जी ड्रिंक्सले रेडियो अन ह्विल्समा प्रदान गर्ने टी २० विश्वकपको टिकटसहितको आकर्षक प्याकेज स्थानीय सुष्मा अर्यालले जितेकी छन् ।
बुटवलको ट्राफिक चोकमा आयोजित रेडियो अन ह्विल्सको सातौं संस्करणको कार्यक्रममा लक्की ड्रमार्फत सुष्मा विजयी घोषित भएकी हुन् । नेपालगन्जबाट सुरु भएको यो कार्यक्रम धनगढी र सुर्खेत हुँदै बुधबार बुटवल फुगेको हो ।
बुटवलस्थित सिद्धार्थ इन्टरनेसनल कलेजमा बुधबार मिनी रोड शो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा रेडियो कान्तिपुरका कार्यक्रम प्रस्तोता महिमा भट्टराई र प्रज्वल खड्काले विद्यार्थीसँग अन्तरक्रिया गरे । उक्त अवसरमा कलाकार विश्व नेपाली र राजा राजेन्द्र पोखरेलले सांगीतिक तथा हास्य प्रस्तुति दिए ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई विभिन्न प्रश्नको सही उत्तरमा आकर्षक उपहारसमेत वितरण गरिएको थियो । मिनी कार्यक्रमपछि साँझ बुटवलको ट्राफिक चोकमा मुख्य कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारले एउटै मञ्चबाट प्रस्तुति दिए ।
रेडियो अन ह्विल्समा सहभागीले यस पटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउनेछन् ।
कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ । प्रत्येक स्थानबाट एक–एक जना भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन् ।
यसअघि सोमबार सुर्खेतमा आयोजित कार्यक्रममा गोलाप्रथामार्फत वीरेन्द्रनगर–१२ का दीपक खड्काले उक्त प्याकेज जितेका थिए । त्यस्तै धनगढीमा धनगढी–११ का भरतबहादुर चन्द र नेपालगन्जमा टीकाराम गुरागाईं विजेता बनेका थिए ।
यस पटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा सिजन–१ की विजेता रोशिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।
बुटवलफछि रेडियो अन ह्विल्स कार्यक्रम पोखराको लेकसाइडमा आयोजना हुनेछ ।
