‘मिरमिरे’मा बुवा र छोरी सम्बन्ध

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्दैछ ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Father-daughter relationship in 'Mirmire'

काठमाडौँ — फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्मको ट्रेलरमा बुवा र छोरीबीचको सम्बन्ध देखाइएको छ । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार फिल्ममा कलाकारहरु दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनलगायतको प्रमुख अभिनय छ । यमले यसअघि 'कार्साङ' को निर्देशन गरेका थिए । 

फिल्म माघ १ देखि प्रदर्शनमा आउँदैछ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्दैछ । 

कान्तिपुर

Link copied successfully