केकीको नयाँ फिल्म 'पेट्रोल पम्प'

फिल्म २०८३ मा प्रदर्शनमा ल्याउने घोषणा भएको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Keki's new film 'Petrol Pump'

काठमाडौँ — अभिनेत्री केकी अधिकारीले 'पेट्रोल पम्प' शीर्षकको नयाँ फिल्म बनाउने घोषणा गरेकी छन् । 'बोक्सीको घर'कै निर्देशक सुलक्षण भारतीसँगको सहकार्यमा केकीले नयाँ फिल्म बनाउने भएकी हुन् । 

फिल्मलाई सुलक्षणले नै निर्देशन गर्नेछन् । फिल्मको कथा पनि उनैले लेख्ने जनाइएको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

निर्माण टिमले २०८३ मा फिल्मलाई प्रदर्शन गर्ने जनाएको हो । फिल्ममा कलाकारका रुपमा केही देखिएलान् कि नदेखिएलान् ? अरु कलाकार को-को हुनेछन्, अझै सार्वजनिक गरिएको छैन । 

फिल्म ‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैको अभिनय छ । फिल्मले घरेलु बक्स अफिसमा ११ करोडभन्दा माथिको व्यापार गरेको थियो ।

कान्तिपुर

Link copied successfully