यो फिल्म माघ २३ देखि प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ — माघ २३ देखि प्रदर्शनमा आउने फिल्म 'रमिताको पिरती'को नयाँ गीत बजारमा आएको छ । गायक महेश काफ्लेको शब्द तथा संगीतमा फिल्मको 'जुनी भर'बोलको गीत बजारमा आएको हो ।
गायक काफ्ले र गायिका अस्मिता अधिकारीले गीतमा अभिनेता विनय श्रेष्ठ र आना शर्माका लागि स्वर दिएका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय विनय र आनाबीच प्रेम, नोंकझोक देखाइएको छ । फिल्ममा भने यी दुईसँगै गायक समीर श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारको अभिनय छ ।
सुदिप्ताको लेखन र निर्देशनमा तयार यो फिल्मलाई शिशिर बिशाङ्खेले खिचेका हुन् । सुनिल सिभाकोटीको सम्पादन रहेको फिल्ममा झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।
फिल्ममा एक युवतीको प्रेम र त्यो भावनाभित्रको गहिराई समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।
