‘रेडियो अन ह्विल्स’ सुर्खेतमा

वीरेन्द्रनगरस्थित घण्टाघरमा झण्डै चार घण्टा भएको कार्यक्रममा कलाकारको प्रस्तुति र दर्शकको हुटिङले आसपासको क्षेत्र गुञ्जायमान भएको थियो ।

पुस २१, २०८२

कृष्णप्रसाद गौतम

'Radio on Wheels' in Surkhet

What you should know

सुर्खेत — रेडियो कान्तिपुरले बर्सेनि गर्दै आएको ‘रेडियो अन ह्वील्स’ को सातौं संस्करणको सांगीतिक कार्यक्रम सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कमेडियन राजा राजेन्द्र पोखरेल, गायक विश्व नेपाली, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाल, डान्स च्याम्पियन सिजन–१ की विजेता रोसिका रावतलगायतले प्रस्तुति दिए । 

शनिबार नेपालगन्जबाट सुरु भएको यो वर्षको कार्यक्रम आइतबार धनगढी हुँदै सुर्खेत पुगेको हो । वीरेन्द्रनगरस्थित घण्टाघरमा झण्डै चार घण्टा भएको कार्यक्रममा कलाकारको प्रस्तुति र दर्शकको हुटिङले आसपासको क्षेत्र गुञ्जायमान भएको थियो ।

कार्यक्रमको बीचबीचमा खेलाइएको क्विजलगायत खेलले दर्शकको मन जित्यो । दर्शकलाई प्रायोजकका तर्फबाट विभिन्न उपहार वितरण गरिएको थियो भने रेडियो कान्तिपुरका प्रस्तोताद्वय महिमा भट्टराई र प्रज्ज्वल खड्काले सांगीतिक माहोललाई रोचक बनाए ।

‘रेडियो अन ह्वील्स’ देशका विभिन्न १४ सहर घुमिसकेपछि ८ माघमा काठमाडौंमा पुग्नेछ । कार्यक्रम बुटवल, पोखरा, नारायणघाट, धरान, जनकपुर, बिर्तामोड, इटहरी, विराटनगर, वीरगन्ज, लाहान र हेटौंडामा आयोजना हुनेछ ।

यो वर्ष ‘रेडियो अन ह्वील्स’ लाई एक्स्ट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ भने ग्लोबल आईएमई बैंक, टीभीएस मोटरसाइकल, वाईफाई नेपाल, रिजाल्स स्न्याक्स र राठीकोलले सहयोग गरेका छन् । 'Radio on Wheels' in Surkhetवीरेन्द्रनगरमा सम्पन्न ‘रेडियो अन ह्विल्स’ मा गोलाप्रथामार्फत टी–२० विश्वकपको टिकट प्राप्त गरेका वीरेन्द्रनगर–१२ का दीपक खड्का ।

कार्यक्रममा गोलाप्रथामार्फत वीरेन्द्रनगर–१२ का दीपक खड्का विजेता बने । उनले एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंक्सका तर्फबाट फेब्रुअरी ८ तारिखमा मुम्बईमा हुने टी–२० विश्वकपको टिकट प्राप्त गरेका छन् । यो टिकट कार्यक्रम आयोजना हुने सबै सहरमा एकएक जनालाई ‘लक्की ड्र’मार्फत वितरण गरिनेछ ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully