ट्रेन्डिङमा ‘गोबर गणेश’को ट्रेलर

साधारण युवाको सहर छिर्ने सपना, संघर्ष र परिवारको कथा समेटिएको फिल्ममा मरिचमान श्रेष्ठ, वर्षा शिवाकोटी र बुद्धि तामाङ मुख्य भूमिकामा देखिएका छन् ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

'Gobar Ganesh' trailer is trending

काठमाडौँ — हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशनमा बनेको फिल्म 'गोबर गणेश'को ट्रेलरलाई दर्शकले रुचाइदिएका छन् । दुई दिनअघि मात्रै सार्वजनिक भएको यो फिल्मको ट्रेलर अहिले फिल्मअन्तर्गत युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा परेको छ । 

ट्रेलरमा साधारण युवाको सहर सपना, संघर्ष र पारिवारिक कथा समेटिएको देखाइएको छ । ट्रेलरमा निर्देशक मरिचमानसँगै अभिनेत्री वर्षा शिवाकोटी र बुद्धि तामाङ देखिएका छन् । केही समयअगाडि निर्माण पक्षले फिल्ममा समावेश 'ओ हेलो हाई हाई'बोलको गीत सार्वजनिक गरेको थियो । 

बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक मरिचमान, वर्षा र बुद्धिसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ । 

फिल्मको कथा स्वयं मरिचमान श्रेष्ठले लेखेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनको यो पहिलो फिचर फिल्म हो । शिवराम श्रेष्ठले खिचेको यो फिल्ममा विपिन मल्लको सम्पादन छ । फिल्म भने माघ १ देखि प्रदर्शनमा आउँदैछ । 

कान्तिपुर संवाददाता

Link copied successfully