रेडियो कान्तिपुरको ‘रेडियो अन ह्विल्स’को सातौं संस्करण शनिबारबाट

रोड सोमा गायक शिव परियार र विश्व नेपालीका साथै हास्यकलाकार राजा राजेन्द्र पोखरेल र डान्स च्याम्पियन नेपालका विजेता वर्षा फुयाँल र सिजन १ की विजेता रोसिका राउतले आफ्नो गीत–संगीतका साथै नृत्य प्रस्तुत गर्ने

पुस १८, २०८२

कान्तिपुर संवाददाता

The seventh edition of Radio Kantipur's 'Radio on Wheels' begins on Saturday

What you should know

काठमाडौँ — रेडियो कान्तिपुरले बर्सेनि आयोजना गर्दै आएको रोड सो ‘रेडियो अन ह्विल्स’ को सातौं संस्करण यही शनिबारबाट सुरु हुँदै छ ।

बाँकेको नेपालगञ्जबाट सुरु हुने यो संस्करणको ‘रेडियो अन ह्विल्स’ मुलुकका विभिन्न १५ सहरमा आयोजना हुने रेडियो कान्तिपुरले जनाएको छ ।

श्रोतासँग सम्बन्ध विस्तारका साथै रमाइला खेल र पुरस्कार वितरणका साथै सडकमै नाचगान गरेर रोड सो हुँदै आएको छ ।

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारले पनि एउटै मञ्चमा प्रस्तुति दिनेछन् ।

यसपटकको रोड सोमा गायक शिव परियार र विश्व नेपालीका साथै हास्यकलाकार राजा राजेन्द्र पोखरेल र डान्स च्याम्पियन नेपालका विजेता वर्षा फुयाँल र सिजन १ की विजेता रोसिका राउतले आफ्नो गीत–संगीतका साथै नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको रेडियो कान्तिपुरको भनाइ छ ।

रोड सो आगामी ८ माघमा काठमाडौंमा कार्यक्रम गरेर सकिनेछ । यसपटक रोड सो गरिने स्थानमा नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगञ्ज, जनकपुर, लहान, इटहरी, विराटनगर, विर्तामोड र धरान छन् ।

ती स्थानका विभिन्न कलेजमा समेत मिनी रोड सो आयोजना गरिने रेडियो कान्तिपुरले बताएको छ ।

कार्यक्रमको यसपटकको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमईं बैंक र टीभीएस रेडर रहेको रेडियो कान्तिपुरले जनाएको छ ।

इन्टरनेट पार्टनरमा वाइफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन र बोन्डिङ पार्टनरमा राठीकोल रहेको रेडियो कान्तिपुरको भनाइ छ ।

कान्तिपुर

Link copied successfully