कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्नेको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने बताइएको छ । हरेक स्थानका एक जना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्नेछन् ।
What you should know
काठमाडौँ — रेडियो कान्तिपुरले बर्सेनि आयोजना गर्ने रोड सो ‘रेडियो अन ह्विल्स’को सातौं संस्करण शनिबारबाट सुरु हुँदै छ ।
बाँकेको नेपालगन्जस्थित बीपी चोकमा शनिबार दिउँसो ३ बजेपछि सुरु हुने यस संस्करणको ‘रेडियो अन ह्विल्स’ मुलुकका विभिन्न १५ सहरमा आयोजना हुनेछ ।
कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारले पनि एउटै मञ्चमा प्रस्तुति दिनेछन् ।
यस पटकको रोड सोमा गायक शिव परियार र विश्व नेपालीका साथै हास्यकलाकार राजा राजेन्द्र पोखरेल र डान्स च्याम्पियन नेपालका विजेता वर्षा फुयाँल र सिजन–१ की विजेता रोसिका राउतले आफ्नो गीत–संगीतका साथै नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको रेडियो कान्तिपुरको भनाइ छ ।
रोड सो आगामी ८ माघमा काठमाडौंमा कार्यक्रम गरेर सकिनेछ । यस पटक रोड सो गरिने स्थानमा नेपालगन्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, वीरगन्ज, जनकपुर, लहान, इटहरी, विराटनगर, बिर्तामोड र धरान छन् । ती स्थानका विभिन्न कलेजमा समेत मिनी रोड सो आयोजना गरिने रेडियो कान्तिपुरले बताएको छ ।
रेडियो अन ह्विल्समा सहभागीले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहितको आकर्षक प्याकेज जित्ने मौका पनि प्राप्त गर्ने रेडियो कान्तिपुरले जनाएको छ । त्यसका लागि कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिंक्स खरिद गर्नेको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने बताइएको छ । हरेक स्थानका एक जना भाग्यशाली विजेताले टी–२० विश्वकपको प्याकेज जित्नेछन् ।
कार्यक्रमको यस पटकको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ । पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेको रेडियो कान्तिपुरले जनाएको छ । इन्टरनेट पार्टनरमा वाइफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, बोन्डिङ पार्टनरमा राठीकोल, लुब्रिकेन्ट पार्टनरमा सर्वो र फर्निचर पार्टनरमा सोफा हब काठमाडौं छन् । कार्यक्रम व्यवस्थापन इभेन्ट नेपालले गर्ने रेडियो कान्तिपुरको भनाइ छ ।
