कमेडी दरबार समूहले सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत ८ सहरमा एक महिना लामो टुर आयोजना गर्नेछ ।
काठमाडौँ — कमेडी शो ‘कमेडी दरबार’को टिम अस्ट्रेलिया टुरमा जाने तय भएको छ । फिल्म निर्देशक शोभित बस्नेतले टुर गर्ने जिम्मासहित कमेडी दरबारका विक्की अग्रवालसँग सम्झौता गरेका छन् ।
'अस्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अस्ट्रेलिया टुर गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि तयारी गरिसकेका छौं,' निर्देशक बस्नेतले भने । आगामी फ्रेबुअरी महिनामा सुरु हुने टुर करिब १ महिनासम्म हुने जनाइएको छ ।
अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ सहरमा 'कमेडी दरबार' समूहले त्यहाँका दर्शकलाई हँसाउने छन् ।
पाल्पा इन्टरटेन्मेन्टले प्रस्तुत गर्ने टुरको आयोजक रुपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट हो ।
