फिल्म ‘महाकाली’को सेटमा फरक अवतारमा अक्षय खन्ना

‘दृश्यम ३’मा नदेखिने निश्चित भएसँगै अक्षय खन्ना अहिले ‘महाकाली’ फिल्ममार्फत् साउथ सिनेमामा आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दैछन् ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Akshaye Khanna in a different avatar on the sets of the film 'Mahakali'

काठमाडौँ — अहिले बलिउड अभिनेता अक्षय खन्ना फिल्म ‘धुरन्धर’को कारण चर्चाको केन्द्रमा छन् । फिल्ममा उनले रहमान डैकतको भूमिका निभाएका थिए । 

अक्षय केही समयअघि फिल्म ‘दृश्यम ३’को विषयलाई लिएर विवादमा थिए । उनले उक्त फिल्म छाडेको चर्चा थियो ।

तर अक्षय अहिले नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । उनी आगामी फिल्म ‘महाकाली’को छायाँकनमा जुटिसकेका छन् । यो फिल्ममार्फत उनी साउथ सिनेमामा प्रवेश गर्न लागेका छन् ।

मुम्बईको महबूब स्टुडियोमा ‘महाकाली’ को छायाँकन सुरु भइसकेको छ । फिल्मकी लेखक पूजा कोल्लुरुले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमार्फत् सेटबाट केही तस्बिरहरू सार्वजनिक गरेकी छन् । जसमा अक्षय खन्ना पनि देखिएका छन् ।

यी तस्बिरहरूले अक्षय ‘महाकाली’मा केन्द्रित भएको स्पष्ट संकेत गर्छन् । फिल्ममा अक्षय खन्ना असुर गुरु शुक्राचार्यको भूमिकामा देखिनेछन् ।

अक्षयलाई लिएर ‘दृश्यम ३’बारे पनि उनका प्रशंसकहरूलाई चासो छ । ‘दृश्यम’ निर्माताका अनुसार अक्षयले गत नोभेम्बरमा फिल्मको सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर ‘धुरन्धर’ रिलिज हुनुभन्दा एक दिनअघि उनी फिल्मबाट बाहिरिएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully