२०२५ मा उत्कृष्ट व्यापार गर्ने भारतीय फिल्म

रिसभ शेट्टीको ‘कान्तारा’, ‘छावा’ र ‘सैयारा’ जस्ता विभिन्न बजेटका पाँच फिल्मले सन् २०२५ मा बलिउडमा ऐतिहासिक आर्थिक सफलता हासिल गरे ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

Top-grossing Indian films of 2025

What you should know

काठमाडौँ — सन् २०२५ मा रिलिज भएका भारतीय चलचित्रमध्ये ५ वटा चलचित्रले बक्स अफिसमा आफ्नो वर्चस्व कायम गरे ।

यी पाँच चलचित्रको कुल कमाइ ३ हजार ७ सय ४२ करोड भारु पुगेको छ । निर्देशक ऋषभ शेट्टीको 'कान्तारा च्याप्टर १' यस वर्षको सबैभन्दा सफल र आइकोनिक फिल्ममध्ये एक बन्यो ।

१२५ करोडको बजेटमा बनेको यस माइथोलोजिकल एक्सन फिल्मले विश्वभरबाट ९०० करोडको व्यापार गर्यो । त्यस्तै, मराठा साम्राज्यका दोस्रो शासक सम्भाजीको जीवनमा आधारित ऐतिहासिक फिल्म 'छावा' ले पनि उत्कृष्ट व्यापार गर्यो ।

फिल्म धुरन्धर त हजार करोड क्लबको नजिक पुगेको छ । फिल्ममा रणवीर सिंह र ऋषि कपुरको अभिनयलाई लिएर प्रशंकसहरूले निकै तारिफ गरिरहेका छन् । 

विक्की कौशल र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यस फिल्मले ८०९ करोड संकलन गर्‍यो । शिवाजी सावन्तको उपन्यासमा आधारित यो फिल्म १३० करोडको लागतमा निर्माण भएको थियो ।

यो वर्ष बलिउडमा ठूला बजेटका फिल्म मात्र होइन, साना बजेटका फिल्मले पनि कीर्तिमानी कमाइ गरे । त्यसमध्ये एक हो ‘सैयारा’ । यशराज फिल्म्सको ४५ करोडको लगानीमा बनेको यो म्युजिकल रोमान्टिक फिल्मले ५७९ करोडको व्यापार गर्यो ।

फिल्ममा नवकलाकार अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकामा थिए । अर्को हो ‘महावतार नरसिम्हा’ । यो एनिमेटेड फिल्मले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्‍यो ।

४० करोडको न्यून बजेटमा बनेको यस फिल्मले ३२५ करोड संकलन गर्न सफल भयो ।

समग्रमा, सन् २०२५ भारतीय फिल्म उद्योगका लागि लगानीको तुलनामा उच्च प्रतिफल दिने वर्षको रूपमा नै रह्यो । 

कान्तिपुर

Link copied successfully