फिल्म 'कुमारी'को नयाँ गीत 'डोको बुन्ने' सार्वजनिक

फिल्म निर्देशक राउतले सामाजिक विषयपछि प्रेम कथामा फर्किएको बताउँदै अविषेक खड्का र आकृति राजभण्डारीको केमिस्ट्रीलाई गीतमार्फत उजागर गरेका छन्।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

New song 'Doko Bunne' from the film 'Kumari' released

काठमाडौँ — फिल्म 'कुमारी'को नयाँ गीत 'डोको बुन्ने' सार्वजनिक भएको छ । माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

फिल्मको सार्वजनिक गीतमा गायक केहर सिं लिम्बुको स्वर छ । गीतलाई सागर लामिछाने मगर र सुमन तामाङले लेखेका छन् ।

गीतमा सुमन तामाङ र केहर सिं लिम्बुको सङ्गीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अविषेक खड्का र आकृति राजभण्डारीको प्रेम देख्न सकिन्छ ।

निर्देशक राउतले सामाजिक विषयका चलचित्रपछि आफू पुनः प्रेम प्रेमकथामा फर्किएको बताए । 

फिल्ममा अविषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायत कलाकारको अभिनय छ ।

कान्तिपुर

Link copied successfully