‘परान’, ‘जेरी अन टप’ र ‘ऊनको स्वीटर’ ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै नयाँ सफलता हासिल गरेका छन्।
What you should know
काठमाडौँ — सन् २०२५ मा नेपाली फिल्महरू दर्जनौँ प्रदर्शनमा आए । तर नाफा कमाउने फिल्मको संख्या निकै कम रह्यो ।
१० करोडभन्दा माथिको व्यापार तीन फिल्मले मात्र गरे । ती फिल्म हुन् दीपक आचार्य निर्देशि ‘परान’, ‘ सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ।
तीन मध्ये पनि नेपाली बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्म हो ‘परान’ । अक्टोबर ३१ मा रिलिज भएको फिल्मले चलचित्र विकास बोर्डको बक्स अफिस
तथ्याङ्कअनुसार हालसम्म १७ करोड ६८ ला ५० हजार ४ सय ४८ रुपैंयाँको व्यापार गरेको छ । फिल्मको टिकट मात्र ६ लाख २७ हजार ९ सय ८३ वटा विक्री भएको थियो । ‘परान’ सामाजिक कथामा बनेको फिल्म हो ।
अक्टोबर १७ मा रिलिज भएको फिल्म ‘जेरी अन टप’ले १२ करोड २३ लाख ५२ हजार ३ सय १५ रुपैयाँ कमाइ गरेको थियो । यो फिल्मको टिकट मात्र ३ लाख ९० हजार ९ सय ४ वटा विक्री भएको थियो । ‘जेरी अन टप’ प्रेमकथामा आधारित फिल्म हो ।
मे ९ मा रिलिज भएको फिल्म ‘ऊनको स्वीटर’ले ११ करोड ७९ हजार ७ सय ५१ कमाएको थियो ।
यो फिल्मको टिकट ३ लाख ७३ हजार ६ सय ६० वटा विक्री भएको थियो । ‘ऊनको स्वीटर’ प्रेम कथामा आधारित फिल्म हो ।
