सत्यकला भन्छिन् : रास्वपाले मौका दियो, मैले छोडिनँ

‘हुन त हिजो ३ बजे नै समानुपातिक छनोटबारे खबर पाइसकेको थिएँ । पार्टीको आन्तरिक निर्वाचानमा कोशी प्रदेश अन्तर्गतको आदिवासी जनजातितर्फ १४ हजार, २ सय, १ मत प्रदान गरिएको रहेछ ।’

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Satyakala says: Rashtriya Swayamsevak Sangh (RSS) gave me a chance, I didn't give up

What you should know

काठमाडौँ — गायिका सत्यकला राई अहिले अमेरिकाको टेक्सासमा छिन् । सांगीतिक कार्यक्रमका लागि देश बाहिर रहेकी उनले स्थानीय समय अनुसार बिहानै राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकमा महिलातर्फ पहिलो नम्बरमै आफ्नो नाम सिफारिस भएको खबर पाइन् ।

‘हुन त हिजो ३ बजे नै समानुपातिक छनोटबारे खबर पाइसकेको थिएँ । पार्टीको आन्तरिक निर्वाचानमा कोशी प्रदेश अन्तर्गतको आदिवासी जनजातितर्फ १४ हजार, २ सय, १ मत प्रदान गरिएको रहेछ,’ सत्यकलाले कान्तिपुरलाई भनिन्, 'मलाई मतदान दिनुहुने रास्वपाका पार्टी सदस्य सबैलाई धन्यवाद । मलाई उहाँहरुले आदिवासीतर्फ समग्रमा दोस्रो र महिलातिर पहिलो नम्बरमै सिफारिस गरिदिनुभयो, एकदम खुसी छु ।' 

‘तिमीमसँग नबोल्ने अरे’, ‘तिमीलाई हङकङ पुर्‍यायो’, ‘भेटौंला मायालु इन्टरनेटैमा’, ‘पूर्वै धरान’लगायतका चर्चित गीतमा स्वर दिइसकेकी ५२ वर्षीया सत्यकला समयको माग अनुसार राजनीतिमा होमिएको बताउँछिन् । 

‘एक्कासि यसरी समानुपातिकमा मेरो नाम आउला भन्ने सोचेको थिएन, समयको माग होला । राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा मौका दियो । त्यो मौकालाई मैले छोडिनँ,’ उनले भनिन् । हजारभन्दा बढी गीत रेकर्ड गराइसकेकी सत्यकलाले संगीत क्षेत्र टेकेको २४ वर्ष भयो । यसबीच थुप्रैले उनलाई राजनीतिमा आउन भनिरहे । तर, संगीत क्षेत्रबाटै राष्ट्रलाई योगदान पुर्‍याइरहेकाले तत्कालीन समयमा राजनीतिले उनलाई तानेन । तर, देश/विदेशमा पुग्दा सधैं उनलाई ‘मेरो देश पनि यस्तै बनाउन पाए हुन्थ्यो’ भन्ने हुटहुटी लागिरहन्थ्यो । 

आफू राजनीतिज्ञ नभए पनि देश बनाउने हृदय आफूसँग भएकै कारण रास्वपाबाट राजनीतिमा प्रवेश गरेको सत्यकला सुनाउँछिन् । ‘निस्वार्थ ढंगले देशका लागि केही गर्नु मन छ । हुन त देशको लागि संगीतबाट योगदान पुर्‍याएकै हो । तर, अब रास्वपाबाट देश निर्माण गर्ने ठाउँमा पुगे केही न केही गर्ने नै हो,’ सत्यकला सुनाउँछिन्, 'राष्ट्रियता बलियो बनाउने नै मेरो उदेश्य हो । राष्ट्रियता बलियो भएपछि सबै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो ।' 

सत्यकला विदेशिने नेपालीको बाध्यतात्मक नियतिलाई रोक्नुपर्ने तत्कालको आवश्यकता देख्छिन् । ‘नेपालीहरु विदेशिने कुरालाई रोक्नु पर्‍यो । देशमा अवसर नभएर त युवा जनशक्ति विदेश गइरहेका छन् । नेपाली युवाले आफ्नो रगत, पसिना विदेशी भूमिलाई दिइरहेको छ । ती युवालाई देशमै राख्न रोजगारी सिर्जना गर्नुपर्‍यो,’ सत्यकला भन्छिन्, 'अर्को त देशको सीमा सुरक्षा बलियो पनि हुनुपर्‍यो । अनि मात्र देशमा शान्ति, सुरक्षा कायम हुन्छ ।' 

कान्तिपुर संवाददाता

Link copied successfully